प्रचण्डमाथि जुत्ता प्रहार



काठमाडौं,कात्तिक २३ । चुनावी दौडानमा ब्यस्त नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार भएको छ । भोट माग्ने क्रममा सुर्खेत पुगेका अध्यक्ष ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको हो ।

मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन । जुत्ता प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा जुत्ता प्रहार भएको बुझिएको छ । प्रहरीले भने जुत्ता प्रहार हुनै लाग्दा रोकेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्