जनताले दिएको दुईतिहाई ओलीलाई पचेन, कांग्रेस हार्दा देश हार्ने अवस्था भयो : अर्जुन नरसिंह केसी
नुवाकोट,कात्तिक २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्तागठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी गराउन आग्रह गरेका छन् ।
बुधबार बिदुर नगरपालिका–९ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता केसीले केपी ओलीले संविधान नै च्यात्ने प्रयास गरेपछि संविधान बचाउन गठबन्धन गरेको बताएका हुन् । अब संविधान र लोकतन्त्र विरोधी कार्यबाट मुलुक बचाउन सत्ता गठबन्धनका उम्मेदवारले जित्नुपर्ने नेता केसीले बताए ।
नुवाकोटको विकास र समृद्धिका लागि सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन उनले आग्रह गरेका छन् । नेता केसीले नुवाकोटमा हालसम्म भएका विकास कांग्रेसले गरेको बताए । कार्यक्रममा प्रदेश सभा निर्वाचन क्षेत्र २ का उम्मेदवार बहादुरसिंह लामा, नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वर नरसिंह केसी,माओवादी केन्द्रका रामप्रसाद ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।

