जेरी र शंकर क्षेत्रीबीच सम्बन्ध विच्छेद
काठमाडौं,कात्तिक २४ । चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार सम्बन्धविच्छेद भएको छ ।
जिल्ला अदालत काठमाडौंमा यी जोडीले वैवाहिक सम्बन्धलाई अन्त्य गरेका हुन् । सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए ।
बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

