भ्रष्टाचारको आरोपमा ७ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर



काठमाडौं,कात्तिक २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा ७ जना विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्ष हिरा केवट (रावल), प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, व्यावसायिक माछा ब्लक संचालक समितिका तत्कालीन अध्यक्षसमेत ७ जनाले गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ओमसतिया गाउँपालिकामा मत्स्य व्लक संचालक समितिको कार्यक्रम अनुदानमध्ये व्यवस्था भएको रकमबाट २० लाख ७५ हजार रुपैयाँ भुक्तानी लिई नेपाल सरकारलाई गैरकानूनी हानी गरेको उनीहरु विरुद्ध आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्