चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने
काठमाडौं,कात्तिक २४ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ ।
चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रुपमा खटाइएको ठाउँमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले भनेछ । साथै खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई कारबाही हुने निर्वाचन आयोगले जनाएको छ ।
मंसिर ४ गते देशभर एउटै चरण प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुदैं छ ।

