नुवाकोट पञ्चकन्यामा आइतबार सार्वजनिक बिदा



नुवाकोट,कात्तिक २५ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा यहीँ २७ गते आइतबार सार्वजनिक बिदा दिइएको छ ।

शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिइने जनाएको हो ।

जारी सूचनामा गाउँपालिकामा परापूर्व समयदेखि मनाइदै आएको कृष्ण चतुर्दशी र पञ्चमीमा मेला लाग्ने भएकाले पर्व विदा स्वरुप बिदा दिइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्