डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

काठमाडौं,कात्तिक २८ । सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने गरी आदेश दिएकाे छ ।
ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. कार्कीको उम्मेदवारी कायम हुने गरी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आदेश दिएकाे हाे ।
तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई संयुक्त इजलासले निरन्तरता दिएको हो ।

