गठबन्धनलाई चुनौती दिँदै खतिवडाले भने ‘स्वास्थ्य र शिक्षामन्त्री हुँदा नुवाकोटेले के पाए’ ?

काठमाडौं,कात्तिक २९ । नुवाकोट क्षेन न २ का नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार नारायण खतिवडा नुवाकोटले वर्तमान सरकार जनताको अभिभावक बन्न नसकेको बताएका छन् ।
प्रत्यशी गठबन्धनका उम्मेदवार अर्जुन नरसिंह केसीप्रति खतिवडाको जवाफ स्वास्थ्यमन्त्री हुँदा कति स्वास्थ्य चौकी बने ? शिक्षामन्त्री हुँदा कति विद्यालय बने ? एमाले नेतृत्वको ३ वर्षे सरकारले नुवाकोटका अधिकांस विद्यालय भवन र स्वास्थ्य चौकी बनाएको बताए ।
मंगलबार विदुर नगर पार्टी कमिटीले गरेको चुनावी प्रचार सभामा बोल्दै सरकाले कुनै पनि कार्य गर्ने नसकेको बताउदैं चुनावपछि एमाले नेतृत्वको सरकार बनाउन एमालेलाई मत दिन आग्रह हुन ।
एमालेले जिते सरकार शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन ल्याउने खतिवडाको दावी छ ।
एमाले नेतृत्वको सरकारले १० वर्षदेखी प्रचण्डका घरवेटी ठेकेदारले नबनाएको पासाङल्हामु मार्ग बनाउने उनले बताए । विदुर नगरबासीले मुआव्जा नपाएको कुरा आफुले संसदमा उठाएको तर बर्तमान देउवा सरकारले नगरवासीलाई मुआव्जा ओली सरकार बनेपछि पाउने उनको भनाइ थियो ।
नुवाकोट क्षेत्र नं. २ ख प्रदेससभा उम्मेदवार विजय लोप्चनले एमाले नेतृत्व बने मात्र देशमा समृद्धि आउने बताए । उनले हामी एजेण्डा र एजण्डा कार्यन्वयन गर्न सर्त सहित जनताको माझ आएको र अबको ५ वर्ष देश समृद्धि एमाले सरकार आए हुने उनले बताए ।