दुप्चेश्वर घटना: उमेदवार हितबहादुर तामाङद्वारा दोषीमाथि कारबाहीको माग
नुवाकोट, कात्तिक २९ । नुवाकोट क्षेत्र नम्बर १ का उमेदवार तथा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ र गठबन्धनका अर्का साझा उम्मेदवार राधिका तामाङ दुप्चेश्वर घटनास्थलमा पुगी दोषीउपर कडा कार्वाहीको माग गरेका छन् ।
सोमबार साँझ दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ भँगेरीमा विभत्स हत्या भएको महिला २१ वर्षीय सम्झना खतिवडा र उनकी छोरी वर्ष २ की कृष्टिना खतिवडाको हत्यारालाई हदैसम्मको कारवाहीको माग गरेका हुन् ।
हत्यामा संलग्न स्थानीय पुस्कल तामाङलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

