मतदानका दिन आन्तरिक उडान बन्द
काठमाडौं,कात्तिक २९ । मतदान हुने दिन मंसिर ४ गते आन्तरिक उडान बन्द हुने भएको छ । प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि उडान बन्द गरिने भएको होे ।
उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ । “चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुदैन”, विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने । निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन हुने उनको भनाइ छ ।
मतदानको दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दैनिक १४ हजारभन्दा बढीले काठमाडौंस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेका छन् ।

