३ वर्षमा सक्नुपर्ने माडीपुल ६ बर्षमा पनि बनेन



प्युठान,कात्तिक ३० । स्वर्गद्वारी नगरपालिका–३ जलुके र ७ नम्बर वडा नल्सी जोड्न माडी नदीको पुल निर्माण कार्य सुरु भएको ६ वर्ष वितिसक्दा पनि सम्पन्न भएको छैन । यसबीचमा पटकपटक म्याद थप भए पनि पुल निर्माण कार्य भने अझै अपुरै छ ।उक्त पुलको निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले आक्रोशसमेत व्यक्त गरेका छन् । समयमै पुल निर्माण नहुँदा समस्या भोग्दै आएको स्थानीय टीका भण्डारीले बताए ।

३ वर्षमा निर्माण सक्ने लक्ष्यसहित वि.स. २०७२ भदौ २२ मा पुलको संझौता गरिएको थियो। मृत सञ्जिवनी लोहनी एण्ड ब्रदर्श नल निर्माण कम्पनीले ७ करोड रुपैयामा पुल निर्माणको ठेक्का पाएको थियो ।

कोभिड ,लकडाउन र बर्षातका कारण ठेकेदारले निर्माण सामग्री ल्याउन नसक्दा पुल समयमै निर्मान हुन नसकेको सडक डिभिजन कार्यालय, प्युठानका प्रमुख विरेन्द्र बहादुर चन्दले बताए । पुल निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि ठेकेदार कम्पनीलाई ताकेता गरिएको उनको भनाई छ। ‘संभवत चुनाव लगत्तै पुल निर्माणको काम सुरु हुन्छ होला’ चन्दले भने,’ठेकेदारसंग सम्पर्क भएको छ, बांकी काम चाडै सुरु गर्छु भनेका छन।’ ‘हेरौ के हुन्छ’ चन्दले भने।

८०मिटर लम्बाइ र ११ मिटर चौडाई रहेको उक्त पुलको ७२ प्रतिशत काम सम्पन्न भएको सडक डिभजन कार्यालयले जनाएको छ। अन्तिमपटकका लागि चैत्र मसान्तसम्म म्याद थप गरिएको डिभिजन प्रमुख चन्दले सुनाए ।

प्रतिक्रिया दिनुहोस्