नेपालगन्जमा बम विष्फोट, दुई जना सख्त घाइते
नेपालगन्ज,कात्तिक ३० । नेपालगन्जमा बम विष्फोट भएको छ । प्रेसर कुकर बम विष्फोट हुँदा विप्लवका दुई कार्यकर्ता घाइते भएका छन्।
घाइते हुनेमा २७ वर्षीय डिल्लीबहादुर बीसी र ३३ वर्षीय धर्मबहादुर सुनार रहेका छन्।
उनीहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

