होटेलको खाना खर्चको बिल उपलब्ध गराउन माओवादीलाई निर्देशन



काठमाडौं, मंसिर १ । निर्वाचन आयोगले होटेलको खाना खर्चको बिल उपलब्ध गराउन नेकपा माओवादी केन्द्र चितवनलाई निर्देशन दिएको छ ।

होटल रोयल सेन्चुरी, चितवन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति, चितवनका अध्यक्षलाई पत्र पठाइ गत कात्तिक २९ गतेको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध गर्न निर्देशन दिएको हो ।

आयोगले सो पार्टीका जिल्ला अध्यक्षलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पनि भनेको छ ।

प्रतिक्रिया दिनुहोस्