चुनावका लागि करिब ३ लाख सुरक्षाकर्मी परिचालन



काठमाडौं,मंसिर २ । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षामाल कठाइ गरेको छ । सरकारले चुनावका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ ।

शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने जानकारी दिएको छ ।

जसमा नेपाली सेना ७४ हजार ८४९, नेपाल प्रहरी ७१ हजार ६९३, सशस्त्र प्रहरी ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९२१ र म्यादी प्रहरी १ लाख ११५ हजार परिचालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्