सिन्धुपाल्चोकमा पैसा बाँडेको आरोपमा एमाले उम्मेदवारका छोरा कुटिए



सिन्धुपाल्चोक,मंसिर ३ । सिन्धुपाल्चोक क्षेत्र न २ प्रदेशसभा (क) का एमाले उम्मेदवार अमानसिंह तामाङका छोरा छत्रबहादुर तामाङ कुटिएका छन् ।

छत्रबहादुरले नगद पैसा बाँडेको बताउदै गठबन्धनका कार्यकर्ताले उनको गाडी रोकेर कुटेका हुन् । तामाङलाई अहिले प्रहरीले नियन्त्रमा लिएर अनुसन्धान बढाएको छ ।

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मौनअवधि चलिरहँदा शनिबार पैसा बाँडेको आरोपमा कुटपिट भएको बुझिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्