चुनावको दिन राजधानीका सडक सुनसान



काठमाडौ,मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन आज संघीय राजधानी काठमाडौंमा सडक सुनसान देखिएका छन् ।

सरकारले आज अनुमति नलिएका सवारीसाधनलाई चल्न रोक लगाएपछि सडक सुनसान बनेका हुन् । 

आज देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । मतदान सम्पन्न भएपछि भने सवारीसाधन चल्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्