मतदान स्थलमा गोली चल्यो
सिरहा, मंसिर ४ । मतदान स्थलमा गोली चलेको छ । सिराहाकाे एक मतदान स्थलमा प्रहरीले ३ राउन्ड गोली चलाएकाे हो ।
दुई पार्टीका कार्यकर्ताबीच मतदान स्थलमा मत पेटिका खोसाखोसकाे अवस्था सिर्जना भएपछि प्रहरीले ३ राउन्ड गोली चलाएकाे बुझिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुँदा स्थिति तनावग्रस्त बनेकाे थियाे ।

