नुवाकोट भद्रुटारमा खस्यो १५०८ मत
नुवाकोट,मंसिर ४ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा १५०८ मत खसेको छ । आइतबार गाउँपालिकाको बच्छला माध्यमिक विद्यालय केन्द्र मा सो संख्यामा मत खसेको हो ।
कुल ३२४९ मतदाता रहेको भद्रुटारमा धेरै मतदातामा निराशा पन देखिएकाले मध्याह्नसम्म न्यून उपस्थिति रहेको थियोे । स्थानीय चुनावमा २ हजार बढी मत प्राप्त भद्रुटारमा ५ सय कम मत खसेको हो । धेरै जसो युवा पिढीले स्वतन्त्र दलबारे उत्सुकता प्रकट गरेको देखिएको छ ।
प्राप्त मत गणनाको लागि खरानीटार लाने तयारी गरिएको छ।

