नुवाकोटमा कुल १३०३५८ मत खस्यो



नुवाकोट,मंसिर ४ । नुवाकोटमा कुल १ लाख ३० हजार ३ सय ५८ मत खसेको छ ।

कुल मतदाताको यो संख्या ५५ प्रतिशत मत हो । प्राप्त संख्या विगतको आवधिक निर्वाचनको हालसम्मकै न्यून मत रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

गत निर्वाचनमा २ लाख ३७ हजार मतदाता रहेका थिए । यसवर्ष २ लाख ३९ हजार मतदाता रहेका थिए । यद्यपि नागरिकमा राजनीति प्रतिको वितृष्णाले मतदाताको संख्या कमि हुँदै गइरहेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्