नुवाकोटको सुनखानीमा ११८४ मत खस्यो
नुवाकोट,मंसिर ४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा ११ सय ८४ मत खसेको छ ।
कुल २५ सय २६ मतमा ११ सय ८४ मत खसेको हो ।
प्राप्त मत ४६.८७ प्रतिशत हो ।
गाउँपालिकाको धेरै जसो वडामा मतदाताको संख्या न्यून उपस्थिति रहेको बताइएको छ ।

