नुवाकोट थान्सिङमा १२३६ मत खस्यो



नुवाकोट, मंसिर ४ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङमा १२३६ मत खसेको छ ।

आइतबार वडाको महेन्द्रमहेशदेव माध्यमिक विद्यालय केन्द्रमा सो संख्यामा मत खसेको हो ।

कुल २७८१ मतदाता रहेको वडामा ४४.४४ प्रतिशत मत खसेको बताइएको छ ।

तुलनात्मक रुपमा यस वडामा समेत मतदाताको उपस्थिति कम भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्