नुवाकोट पञ्चकन्या ४ को मत बोकेको गाडी भीरमा अड्कियो



नुवाकोट,मंसिर ४ । पञ्चकन्या गाउँपालिका वडा ४ को मत बोकेको गाडी भीरमा अड्किएको छ ।

मतदान सम्पन्न भएपछि खरानीटार तर्फ लैजादै गर्दा मत बोकेको टिफर ठकुरी टोल नजिकैको भीरमा अड्किएको हो यद्यपि दुर्घटनाबाट भने जोगिएको छ।

अहिले ट्रक निकाल्ने प्रयास भैरहेको बुझिएको छ । सो टिफरमा वडा नम्बर ४ को खसेको कुल १९२० मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्