नुवाकोटमा मतगणना ८ बजेदेखि



नुवाकोट,मंसिर ५ । नुवाकोटमा मतगणना ८ बजेदेखि गरिने भएको छ ।

नुवाकोटको मतगणनामा नुवाकोटको दुईवटै प्रतिनिधिसभा र चारवटै प्रदेससभाको निर्वाचनको मतगणना हुने तयारी गरिएको हो ।

सर्वदलीय तथा सर्वपक्षीय बैठक सकिए लगत्तै आयोगको परिपत्र अनुसार संघ र प्रदेसको प्रत्यक्ष र समानुपातिक मतगणना एकै पटक सुरु हुनेछ ।

मतगणनाको लागी एक मतदान केन्द्रको चारवटा मत पत्र खसालिएको चारवटा मत पेटिका एकै पटक गणना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कुनै एक बाकसमा खसाल्नु पर्ने मत अर्को बाकसमा परेको खण्डमा पनि त्यसलाई गणनाको लागी सदर मानिनेछ । गणनाको लागी नुवाकोटको दुई वटै निर्वाचन क्षेत्रमा ४–४ वटा मात्रै गणना स्थल रहेको, बढाउनको लगी स्थान र कर्मचारीको अभावले ४–४ ठाँउमा मात्रै गणना हुने हुदाँ मतपरिणाम आउन ढिलो हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्