नुवाकोट क्षेत्र नम्बर १ मतगणना: हितबहादुरलाई मैनालीले उछिने
नुवाकोट,मंसिर ५ । जिल्लाको क्षेत्र नम्बर १ को मतगणना जारी छ । क्षेत्र नम्बर १ अन्तर्गत सुरुवाती मतगणनामा उम्मेदवार हितबहादुर तामाङलाई एमाले उम्मेदवार बद्री मैनालीले उछिनेका छन् ।
कुल १ हजार ४ मतगणना गर्दा बद्री मैनालीले ४४४ र हितबहादुर तामाङले २९० मत हासिल गरेका हुन् ।
एमालेको पकट मानिने ककनी गाउँपालिकाबाट सुरुवात भएको मतगणनामा घण्टी चिन्हमा १८६, हलोमा १५ र लौरो चिन्हमा ५ मत गनिएको छ ।
गणनाको क्रममा १० खाली मतसहित ४९ मत बदर भएको छ ।

