ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित
काठमाडौं,मंसिर ५ । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् ।
सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले जीत हासिल गरेका हुन् ।
एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् ।

