काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी



काठमाडौं, मंसिर ६ । काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् ।

सिंहले जितेको उनकी पत्नी सिर्जना सिंहले जानकारी दिएकी छिन् ।

सिंहले ७१४० मत ल्याएका हुन् । उनका निटकतम प्रतिस्पर्धी मिश्रले ७०११ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्