चितवनमा रवि लामिछाने लिए अग्रता, एमालेका कृष्णभक्त भन्दा १२८ मतले अगाडि
चितवन,मंसिर ६ । कालिका नगरपालिकाको मत गणना सुरु भएसँगै स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिन थालेको छ ।
भर्खरै प्राप्त अपडेट अनुसार लामिछाने एमालेका कृष्णभक्त पोखरेल भन्दा १२८ मतले अगाडी बढेको छ ।
स्वतन्त्र पार्टीका रवि लामिछानेले ४००७ मत पाउदा एमालेका कृष्णभक्त पोखरेलले ३८७९ र गठबन्धन अन्तर्गत काँग्रेसका उमेश श्रेष्ठले ३४१० मत पाएका छन्।

