नुवाकोट क्षेत्र नम्बर १ मतगणना अपडेट: एमाले नेता मैनाली २०० मतले अगाडि
नुवाकोट,मंसिर ६ । जिल्लाको क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार २०० मत अन्तरले एमालेका नेता बद्री मैनाली अगाडि छन् ।
गठबन्धनको गढ केन्द्र मानिएको ककनी गाउँपालिकामा गठबन्धनका नेता हितबहादुर तामाङले ४४९६ मत प्राप्त गरेका छन् ।
एमाले नेता बद्री मैनालीले ४६९३ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो मत राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महतले हासिल गरेका छन् । महतले ११३४ मत प्राप्त गरेका छन् । हालसम्म ११८६९ मत गणना भैसकेको छ ।
त्यस्तै हलोमा २४९ मत, हसिया तारामा १८९ मत, लौरो १०९ मत, ढल्केको छाता ९४ मत, मादल ६ मत, साइकल ७ मत, तीर १५ मत कुखुराको भाले १०९ मत गणना भएको छ । बदर मत संख्या भने ७४७ मत रहेको छ ।

