नुवाकोट १ अपडेट: बद्री मैनालीलाई ७६०७ मत, हितबहादुरलाई ६२८४
नुवाकोट, मंसिर ७ । जिल्लाको क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।
कुल १९५९० मतगणना अनुसार नेकपा एमालेका बद्री मैनालीले ७६०७ मत प्राप्त गरेका छन ।
त्यस्तै गठबन्धनका हितबहादुर तामाङले ६२८४ मत हासिल गरेका छन् । त्यस्तै घण्टीमा २९७३ मत प्राप्त भएको छ ।
उता नुवाकोट क्षेत्र नम्बर १ प्रदेश क्षेत्र २ अन्तर्गत ककनी गाउँपालिकाको मतगणना समेत सकिएको छ । प्राप्त मत अनुसार नेपाली काङ्ग्रेसका रमेशकुमार महतले २२१ मतले अग्रता कायम राखेका छन् ।

