नुवाकोट क्षेत्र नम्बर १ मतगणना: बद्री मैनाली र हितबहादुर तामाङबीच १२७५ मतान्तर



नुवाकोट,मंसिर ७ । नुवाकोट क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य मतगणना जारी छ ।

जिल्लाको ककनी, लिखु गाउँपालिका र सुर्यगढीको १ र २ वडा मतगणना सकिएको छ ।

प्राप्त मत परिणाममा नेकपा एमालेका उम्मेदवार बद्री मैनाली र गठबन्धनका उम्मेदवार हितबहादुर तामाङको १२७५ मतान्तर रहेको छ ।

हालसम्म उम्मेदवार मैनालीको ८७४७ मत र गठबन्धनका उम्मेदवार तामाङको ७४७२ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्