प्रतिनिधिसभा सदस्यमा विश्वप्रकाश शर्मा विजयी
झापा, मंसिर ७ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन् । अघिल्लो दुई चुनावमा पराजय ब्यहोरेका उनले एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४२७५ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिक यात्रा तय गरेका हुन् ।
पार्टीभित्र प्रभावशाली युवा नेताको छवि बनाएका शर्माले ३९६२४ मत पाउनु हुँदा खरेलले २५३४९ मत मात्रै पाउनु भएकाे हाे ।
एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्र नं १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो ।

