नुवाकोट क्षेत्र नम्बर २ अपडेट: ३ हजार बढी मतसहित गठबन्धनका केसी अगाडि
नुवाकोट,मंसिर ७ । नुवाकोट क्षेत्र नम्बर २ को नयाँ मतपरिणाम सार्वजनिक भएको छ ।
साँझ ६ः३० बजे सार्वजनिक मत अनुसार प्रतिनिधि सभा सदस्य उम्मेदवार अर्जुननरसिंह केसीले ९२०९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका ५८८७ मत, नेकपा एमालेका नारायणप्रसाद खतिवडा ५३६३ मत पाएका छन् ।
त्यस्तै प्रतिनिधि सभा २ प्रदेश सभा १ को कुल २४३२७ मत गणनामा माओवादी केन्द्रका रामप्रसाद ढुंगानाको ९२४० मत, नेकपा एमालेका केशवप्रसाद पाण्डेको ८१६१ मत र नेपाली काङ्ग्रेसकी गिता अमात्यको २८६३ मत प्राप्त गरेका छन् ।
उता जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ को कुल २३९१६ मत गणनामा नेकपा एमालेका बद्री मैनालीले ९४६९ मत, गठबन्धनका हितबहादुर तामाङले ८०७५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रद्युन्न महतले ३१९० मत पाएका छन् ।
त्यस्तै प्रदेशसभा १ को कुल १७३३३ मत गणनामा नेकपा एमालेका पूर्णलाल श्रेष्ठले ६८४८, नेपाली काङ्ग्रेसका रमेश कुमार महतले ६७०९ मत प्राप्त गरेका छन् ।

