५० स्थानको नतिजा : कांग्रेसले २२ सिट जित्दा एमाले १० सिटमा सीमित, ‘गठबन्धनलाई बहुमत’



काठमाडौं,मंसिर ८ । बुधवार मध्यरातसम्म प्रतिनिधि सभा अन्तर्गत ५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

जस अनुसार सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले ५० मध्ये २२ सिट जितेको छ । यो भनेको कुल नतिजाको ४४ प्रतिशत हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने १० सिट मात्रै जितेको छ । यो भनेको उक्त नतिजाको २० प्रतिशत मात्रै हो ।

सत्ता गठबन्धनको प्रमुख साझेदार माओवादी केन्द्रले ५ सिट जितेको छ । यो भनेको प्राप्त नतिजाको १० प्रतिशत हो ।

सत्तागठबन्धन साझेदार दलले जितेको कुल सिट संख्या भने ३१ पुगेको छ । यो भनेको प्राप्त नतिजाको ६२ प्रतिशत सिट संख्या हो । यसमा एकीकृत समाजवादीको २, लोसपा र जनमोर्चाको १/१ सिट रहेको छ ।

यहि चुनावबाट मात्रै प्रतिनिधि सभामा प्रतिस्पर्धा  गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सिट जितेको छ । अन्यमा राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र  स्वतन्त्रले १/१ गरी ६ सिट जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्