जुम्ला–१ बाट ज्ञानेन्द्र शाही सांसद् निर्वाचित, राप्रपाको सिट संख्या २ पुग्यो
काठमाडौं,मंसिर ८ । जुम्ला–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर ‘ज्ञानेन्द्र’ शाही विजयी भएका छन् ।
बिहीवार बिहान सार्वजनिक मतगणनाको अन्तिम मतपरिणाम अनुसार उनले झण्डै ११ हजार मतान्तरले नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई पराजित गरेका हुन् । शाहीले २२ हजार ८१९ मत ल्याए । कुँवरले ११ हजार ९५९ मत ल्याइन् ।
यससँगै प्रतिनिधिसभामा राप्रपाको सिट संख्या २ पुगेको छ । यसअघि बाँके–२ बाट पार्टीका महामन्त्री धवलशम्शेर राणाले जित हासिल गरेका थिए ।

