आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त, ‘सार्वजनिक ऋणबाट राजस्वमा’



काठमाडौं,मंसिर १४। आन्तरिक राजस्व विभागको महानिर्देशकमा दिर्घराज मैनाली नियुक्त भएका छन् ।

राजस्व अनुसन्धान विभागबाट प्रदेश १ मा सरुवा भएका मैनाली केहि महीना अघि मात्रै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखमा नियुक्त भएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिस्तरिय निर्णयमार्फत उनलाई विभागको महानिर्देशकको पदमा नियुक्त गरेका हुन् । यस अघि आन्तरिक राजस्व विभागमा रितेश शाक्य महानिर्देशक थिए ।

प्रतिक्रिया दिनुहोस्