दोलखाका १० ओटा मतदान केन्द्रमा आज पुनः मतदान हुँदै



काठमाडौं,मंसिर १५। दोलखाका १० ओटा मतदान केन्द्रमा बिहीवार (आज) पुनः मतदान भइरहेकाे छ । 

गत मंसिर ४ गतेको मतदान रद्द गरिएपछि वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्रको क र ख, वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रको क, ख, ग र तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रको क र ख मा आज पुनः मतदान भइरहेकाे हो । 

यी केन्द्रमा यही मंसिर ४ गतेको निर्वाचन निष्पक्ष नभएको भन्दै निर्वाचन आयोगले यी क्षेत्रको मतदान रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको थियो । यी क्षेत्रमा ८ हजार ५१४ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्