पत्रकार महासंघ नुवाकोटले आचार्यलाई सम्मान र तीन पत्रकारलाई पुरस्कृत गर्ने
नुवाकोट,मंसिर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले पत्रकार दिनेश आचार्यलाई दीर्घ सेवा सम्मान प्रदान गर्ने भएको छ । पत्रकार महासंघको ११ औं बार्षिक साधारण सभामा आचार्यलाई सम्मान गरिने भएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय रहने सदस्यलाई वर्षेनी नुवाकोट शाखाले सम्मान गर्दै आएको छ । आचार्य हाल शेयर बजार साप्ताहिकको सम्पादक छन् ।
पत्रकार महासंघले मंसीर २६ गते सोमवार ११ औं बार्षिक साधारण सभाको आयोजना गरेको छ । उक्त अवसरमा नुवाकोटका तीन जना पत्रकारहरूलाई पुरस्कृत गरिने भएको छ । पुरस्कृत हुने पत्रकारहरूमा कान्तिपुर टेलिभिजनका संवाददाता राजकृष्ण श्रेष्ठ, नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी र नयाँ पत्रिका दैनिकका संवाददाता संगीता पनेरु छन् ।
श्रेष्ठलाई स्वर्गिय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार–२०७९, अधिकारीलाई स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार–२०७९ र पनेरुलाई महिला पत्रकारिता पुरस्कार–२०७९ प्रदान गरिने सचिव जगदीश खनालले जानकारी दिए । पुरस्कराको राशी एधार हजार १११ रुपैयाँ रहेको छ ।

