भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न महासंघको माग



काठमाडौं,मंसिर २२। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार महासंघले पत्रकार सम्मेलन गर्दै एकैपटक ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावली विपरित भएकाले तत्काल निर्णय फिर्ता लिन माग गरेको हो ।

औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ पछि भाडावृद्धिको मापदण्ड बनाएर ५/ ५ वर्षमा भाडावृद्धि गर्नुपर्नेमा नियमविपरित २०७२ र २०७३ सालमा १५/१५ प्रतिशतले भाडावृद्धि गर्ने र २०७५ मा एकैपटक ७०० प्रतिशतसम्म वृद्धि गर्ने कार्य नियम विपरित भएको महासंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष रामहिरा पाठकले महासंघको आग्रहलाई बेवास्ता गरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्