नुवाकोट थान्सिङका पाठक दम्पतीबाट प्राप्त जग्गामा बन्ने भयो क्रियापुत्र भवन
नुवाकोट,मंसिर २४ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङमा रहेको रामेश्वर धाममा क्रियापुत्र भवन बन्ने भएको छ ।
स्थानीय शम्भु पाठक दम्पतीबाट भवन निर्माणका लागि आवश्यक लाखौंको जग्गा उपलब्ध गराएसंगै प्रक्रिया अगाडि बढाइएको हो ।
शनिबार गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले क्रियापुत्र भवनको शिलान्यास गरेका हुन । भवन निर्माणका लागि आवश्यक बजेट अन्तर्गत गाउँपालिकाबाट तत्काल पाँच लाख रकम उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताए ।

