१८ मेवा क्षमताको मिडिल मोदी आयोजनाले थाल्यो विद्युत् उत्पादन परीक्षण
काठमाडौं,मंसिर २५ । पर्वत र कास्कीको सीमास्थित मोदी खोलामा निर्माण सम्पन्न भएको मिडिल मोदी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन परीक्षण शुरु गरेको छ ।
१८ मेगावाट(मेवा) क्षमताको यो जलविद्युत् आयोजना चौधरी ग्रुपले लगानीमा बनेको पहिलो आयोजना हो ।
मिडिल मोदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा आबद्ध भइसकेको छ । यस आयोजनाले १५ दिन परीक्षण उत्पादनपछि नियमित उत्पादन शुरू गर्ने चौधरी ग्रूपले बताएको छ । साथै उसले आफ्नो पहिलो जलविद्युत् आयोजनाको निर्माण पूरा गरेको पनि बताएको छ ।
पर्वतको मोदी गाउँपालिका–२ केङ्गामा पावर हाउस निर्माण गरिएको छ भने आयोजनाको बाँध भने कास्कीको अन्नपूर्ण गाउँपालिका–३ बीरेठाँटीमा रहेको छ । यस आयोजनामा २ हजार ३९३ मिटर लामो सुरुङमार्फत् मोदी खोलाको पानी खसालिएको छ ।

