नुवाकोटको बट्टार बजारमा मोटरसाइकल एकआपसमा जुध्यो, दुबै चालकसहित ३ घाइते
नुवाकोट,मंसिर २५ । जिल्लाको बट्टार बजारमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । आइतबार साँझ भएको सो दुर्घटनामा दुबै मोटरसाइकल चालकसहित ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बट्टार बजारस्थित क्याम्पस चोकबाट बिदुर तर्फ जादै गरेको बा ९६ प ६९८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको वाग्मती प्रदेशको ३-००१ प ३५२१ नम्बरको मोटरसाइकल एकाअर्कासंग ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी रुपक खड्काले बताए ।
डिएसपी खड्काका अनुसार दुर्घटनामा विदुर नगरपालिका वडा नम्बर ९ कोलनीका वर्ष २८ का मदुकर ठकुरी र तार्केश्वर गाउँपालिका वडा नम्बर ५ का वर्ष ३५ का सर्वजीत लामा, वर्ष ३० का मानबहादुर तामाङ घाइते भएका छन् ।
घाइतेको बट्टारस्थित सन्जिवनी अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

