निर्वाचन आचारसंहिता भोलिदेखि खारेज
काठमाडौं,मंसिर २५ । निर्वाचन आयोगले निर्वाचन भोलि अर्थात मंसिर २६ गते देखि निर्वाचन आचारसंहिता नरहने जनाएको छ ।
आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गर्ने भएको हाने ।
उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।

