धादिङमा वृद्ध दम्पती मृत फेला
धादिङ,मंसिर २६ । धादिङमा वृद्ध दम्पती मृत भेटिएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका हुन् ।
मृत भेटिएकामा स्थानिय विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर रहेका छन् । सोमबार विहान आफ्नै घरमा उनीहरु मृत भेटिएका हुन् । उनिहरुको मृत्यु शंकास्पद देखिएको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले बताए ।
जस्ता र काठको कच्ची घरमा बस्दै आएका उनीहरूको शरिरमा चोट समेत देखीएको छ । “विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाहिने आँखामाथि चोट देखिन्छ, शरीरमा भने कपडा ओडिइराखेको अवस्थामा फेला परेको थियो भने निरमायाको शव घरभित्रै देखिन्छ।”
मृत भेटिएका दम्पत्तीका एक छोरी र दुई छोरा छन्। घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।

