जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु



जाजरकोट,मंसिर २६ । जाजरकोटमा जीप दुर्घटना भएको छ । सो दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

यस्तै दुई जना गम्भीर भएको प्रहरीले जनाएको छ । सोमबार साढे ४ बजे, छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्ब ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्