काभ्रे बस दुर्घटना: १७ जनाको मृत्यु
काभ्रे,मंसिर २७ । काभ्रेमा बस दुर्घटना भएको छ । जिल्लाको बेथानचोक गाउँपालिका-४ मा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस मंगलबार साँझ दुर्घटना भएको हो । जिल्लाको बेथानचोक-४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको बताइएको छ ।
१७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भएको छैन । घाइतेको शिर मेमोरियलमा उपचारका लागि लगिएका १४ मध्ये ४ जनालाई काठमाडौं रिफर गरिएको छ । गाडी रिजर्भ भएको बुझिएको छ ।

