नेपालमा ३ वर्षपछि कोरोना संक्रमितको संख्या शून्य
काठमाडौं,पुस १ । नेपालमा तीन वर्षपछि दैनिक कोभिड–१९ संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि संक्रमण पुष्टि भएको छैन ।
कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो पटक पछिल्लो २४ घण्टामा संक्रमित संख्या शून्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । ८४६ नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो ।
आज १ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

