जंगली हात्तीको आक्रमणबाट वृद्धाको ज्यान गयो
चितवन,पुस ३ । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका– २८ मा शनिबार राति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

