अध्यक्ष दाहालद्वारा ४ बुँदे सर्कुलर जारी



काठमाडौं,पुस ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मातहतका कमिटीमा ४ बुँदे सर्कुलर पठाएका छन् ।

दाहालले प्रदेश इन्चार्ज र अध्यक्षलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णय अनुसार ४ बुँदे सर्कुलर पठाइएको हो ।

सर्कुलरमा पार्टीका एक जना केन्द्रीय सदस्यलाई निलम्बन गरिएको विषय समेत उल्लेख छ । पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंलाई पार्टीले निलम्बन गरेको हो । सबै तहमा पार्टीका समिक्षात्मक बैठक अनिवार्य सम्पन्न गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्