पाल्पामा ठूलो संख्यामा तोपको गोला फेला
पाल्पा,पुस ५ । पाल्पामा तोपको गोला फेला परेको छ ।
पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका हो ।
तानसेन नगरपालिका वडा नं. ४ गोलाखानामा घडेरी खन्ने क्रममा ३०० बढी तोपका गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

