धादिङमा बस र माइक्रोबस ठोकिदा एक जनाको मृत्यु, १५ जना घाईते
धादिङ,पुस ५ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकै बस र माइक्रोबस ठोकिदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
बेलहियाबाट काठमाडौंतर्फ आउदै गरेको लु २ ख २६४४ नम्बरको बस र लम्जुङ्तर्फ जादै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस आपसमा ठोकिएको हो । माइक्रोबस बसमा सवार एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईतेहरु केहिको गजुरी अस्पताल र गजुरी प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको बताइएको छ भने गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौ पठाइएको छ।

